Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
एसएलसी ६१ ब्याचद्वारा ज्ञानोदय माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना एसएलसी ६१ ब्याचद्वारा ज्ञानोदय माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

एसएलसी ६१ ब्याचद्वारा ज्ञानोदय माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना

414 पटक हेरिएको
Clock २०७९ असार २८, मंगलवार ११:४७
-- Sponsored --

कावासोती । एसएलसी २०६१ ब्याचद्वारा ज्ञानोदय माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ। ज्ञानोदय माध्यमिक विद्यालयबाट २०६१ मा एसएलसी दिएका पूर्व विद्यार्थीहरूले अक्षयकोष स्थापना गरेको हुन्।
विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर रहेका जेहनदार विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो । 
विद्यालयमा १ लाख ३० हजार ४०६ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । सोही रकमबाट आउने ब्याज रकमबाट वार्षिक रुपमा जेहनदार विद्यार्थीलाई सहयोग पुर्याउने पूर्व विद्यार्थी  नवीन पौडेलले  बताउनुभयो ।
अक्षयकोष रकम ६१ को ब्याचको पहलमा स्थापना  भएपनि अन्य बिभिन्न समयका विद्यार्थीको समेत सहयोग रहेको पूर्व विद्यार्थी श्याम चुवाईले  उहाँले बताउनुभयो । आगामी दिनमा समेत विद्यालयमा विभिन्न रचनात्मक कार्यक्रमका पहल गर्ने उहाँले बताउनुभयो ।


अक्षयकोष हस्तान्तरण कार्यक्रममा  विद्यालयका प्रधानाध्यापक चेतनाथ अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष तुलसी ज्ञवाली  लगायतले बोल्दै पूर्व विद्यार्थीले गरेको यो काम अनुकरणीय र प्रशंसा योग्य रहेको बताएका थिए ।यसले आर्थिक अवस्था कमजोर हुने विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने बताउँदै पूर्व विद्यार्थीहरूलाई धन्यवाद दिएका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेश्वर भट्टराईको अध्यक्षतामा भएको थियो ।

 
 
 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win