+
+
-- Sponsored Ad --

वाइज भिजनको सराहनिय काम , प्रधानाध्यापक स्वयं संक्रमित बिरामी बोक्दै।

1,029 पटक हेरिएको
Clock २०७८ बैशाख २४, शुक्रबार १२:१४
-- Sponsored --

कावासोती नगरपालीका वडा नं १२ मा सञ्चालित निजी विद्यालय वाइज भिजन इङ्गलिस स्कुलले कोविड १९ को यो विषम परिस्थितीमा सराहनिय काम गरेको छ ।

केही दिन अघाडी मात्रै एम्वुलेन्स अभावका कारण देवचुलीमा एकजना संक्रमितको ज्यान गएको समाचार सार्वजानिक भएलगत्तै कोरोना संक्रमित हरुलाइ साधन अभावका कारण ज्यान गुमाउन नपरोस भन्ने मनसायले आफ्नै विद्यालयको सवारी साधन प्रयोग गरि संक्रमितहरुलाइ कोरोना अस्थाइ अस्पताल सम्म पुर्याउन आफुहरु लागी परेको वाइज भिजन स्कुलका प्रिन्सिपल तिलकचन सापकोटाले वताउनुभयो ।
सापकोटाले आफै सवारी चलाएर संक्रमित हरुलाइ कोविढ अस्पताल पुर्याइरहनु भएको छ । उहाको यो कार्य साच्चै नै प्रंशसायोग्य छ ।

कोरोना संक्रमित भए अस्पताल जानु पर्ने भएमा र साधन को अभाव भएमा निम्न नम्वरहरुमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।
तिलकचन सापकोटा— ९८५७०४०६२६
दिपक शर्मा — ९८५७०४१३०४

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win