+
+
-- Sponsored Ad --

जनताको स्वास्थ्यप्रती गम्भीर बन्न सरकारलाइ कांग्रेस नवलपुरको आग्रह ।

480 पटक हेरिएको
Clock २०७८ बैशाख २५, शनिबार २२:०५
-- Sponsored --

कावासोती । नेपाली काङ्ग्रेस नवलपुरले कोरोनाको दोस्रो लहर बढेसँगै जिल्लामा पनि प्रकोप बढेको भन्दै स्वास्थ्य सुरक्षामा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराएको छ ।
शनिबार नेपाली काङ्ग्रेस नवलपुरका सभापति विष्णुप्रसाद लमिछानेले प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई जनताको स्वास्थ्य प्रती गम्भीर हुन ध्यानाकर्षण गराउदै कोरोनाको प्रकोपबाट सुरक्षित रहन स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै घरभित्रै बस्न पनि जिल्ला बासीमा अपिल गरेका छन ।

लामिछानेले विज्ञप्ति मार्फत जिल्लामा सक्रिय संक्रमित संख्या ८४८ पुगिसकेको भन्दै तत्काल जिल्लामा भएका स्वास्थ्य संस्थालाई धान्न नसक्ने अवस्था आउन सक्ने भन्दै एकीकृत रुपमा अक्सिजन सहितको आईसोलेसन व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छ्न ।

लामिछानेले मध्यविन्दु जिल्ला अस्पताल लगाएत सबै स्थानीय तहको अस्पतालहरुमा तत्काल पर्याप्त अक्सिजन व्यवस्थापन गर्न प्रदेश तथा केन्द्र सरकारको ध्यानाकर्षण पनि गराएका छ्न ।

 

कोरोनाको पहिलो लहरमा मुलुककै नमुना आईसोलेसनको रूपमा ख्याती कमाएको प्राकृतिक चिकित्सालयलाई एकीकृत रुपमा जिल्लाकै अक्सिजन सहितको आईसोलेसन सेन्टर बनाउन पनि सरोकारवालाको ध्यानाकर्षण गराउदै लामिछानेले थप आईसोलेसन निर्माणका लागि पार्टीको तर्फबाट पनि पहल गर्ने बताएका छन । लामिछानेले विज्ञप्ति मार्फत आवश्यक परे पार्टीको जिल्ला कार्यालयलाई पनि आईसोलेसन केन्द्र बनाउनका लागि प्रयोग गर्न पनि सम्बन्धित निकायको ध्यानसंग गराएका छ्न ।

त्यस्तै लामिछानेले निषेधाज्ञाको समयमा विपन्न निमुखा र दैनिक ज्यालामजदुरी गरेर परिवार पाल्नेहरुका लागि तत्काल आवश्यक राहतको कार्यक्रम ल्याउन समेत विज्ञप्ति मार्फत अपिल गरेका छ्न ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win