0 प्रतिक्रिया
चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी, एमाले तस्रो
काठमाडौं : चितवन क्षेत्रनम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन्।
आज बिहान सकिएको मतगणनामा रविले ४४ हजार ९ सय ३४ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ४ सय ६ मत प्राप्त गरे।
नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ५५ मत प्राप्त गरको चितवन २ का मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। अहिले मतगणना सकेर तथ्यांक संकलनको कार्य भइरहेको र केहीबेरमा औपचारिक घोषणा गरिने उनले बताए।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



