+
+
-- Sponsored Ad --

एलन मस्कको स्टारशिप रकेट परीक्षणको क्रममा विष्फोट

231 पटक हेरिएको
Clock २०८० बैशाख ८, शुक्रबार १३:०१
-- Sponsored --

८ वैशाख, काठमाडौं । अमेरिकी डलर अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट परीक्षण उडानको क्रममा विष्फोट भएको छ ।

हालसम्मको सबैभन्दा शक्तिशाली भनिएको स्टारशिप रकेट टेक्ससको परीक्षण केन्द्रबाट उडेको केही मिनेटमै आकाशमै विष्फोट भएको हो ।

यो यान अन्तरीक्ष यात्रीहरुलाई चन्द्रमा, मंगल ग्रह र अरु यस्तै प्रकारका लामो अन्तरीक्ष अभियानमा लैजाने उद्देश्यले बनाइएको थियो । एलन मस्कको यो महात्वाकांक्षी परियोजना थियो ।

उडेको तीन मिनेटपछि नै स्टारशिप रकेटको क्याप्सुलको फस्ट स्टेज रकेट बुस्टरबाट अलग हुनुपर्नेमा भएको थिएन । त्यसपछि रकेट बिस्फोट भएर परीक्षण उडान असफल भयो ।

यसअघि गत सोमबार यही यान परीक्षण गर्ने भनिएकोमा अन्तिम समयमा स्थगित गरिएको थियो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win