+
+
-- Sponsored Ad --

मौसमी बर्षा किसानलाइ आकासको फल आँखा तरि मर जस्तै ।

411 पटक हेरिएको
Clock २०८० बैशाख १९, मंगलवार ०७:५१
-- Sponsored --

राजेश सुनाम ,नवलपुर कावासोती
मौसममा भएको फेरबदलका कारण आकाश बादलिए छ । कहि कतै भारी बर्षा भएको छ भन्ने कहि कतै पानी पर्ला जस्तो मात्रै भइ राखेको छ । किसानलाइ भने पानी परदिय हुन्थ्यिो भने लाग्छ । समयमा प्रयाप्त पानी नपर्दा किसानले लगाएको बाली मर्छ कि भने डर कृषकलाइ छ । अहिले खडेरी परेको जस्तै भएको छ पानीको मात्रै के कुरा गर्ने छाडा पशुचौपायको कारण पनि उस्तै सास्ती खेप्नु परेको छ ।
बल्ल बल्ल दुख्ख गरेर लगायको खेति छाडा चौपायाले खाइदिन्छ कि भन्ने ठूलो डरले सधै सताइरहन्छ । हामीलाइ परेको समस्या कस्लाइ सुनाउने , हाम्रो कुरा कस्ले पो सुनि दिन्छ र यो समस्या कहिले सम्म चल्छ , हामी निकै दुखि भएका छौ भन्छन् किसान हरि मगर बर्ष भरी लगाएको खेतीवालीले एक त किसानलाइ राम्ररी खान पुग्दैन त्यस माथि झन समयमा पानी नपर्दा ठूलो धक्का पर्ने गरेको छ । हरियो तरकारी देखि सागसब्जी र खेतमा लगाएको बाली अहिले सबै खेतबारीमा सुकेर गएका छन् । यो सबै समयमा नै पानी नपर्नाले भएकोे हो भन्छन् जानकारहरु
बहीरबाट खाध्य सामाग्री किन्नु पर्दा निकै महगो पर्ने र स्वास्थ्यलाइ हानि नोक्सानी गर्नुका साथै यसले आर्थिक र स्वास्थ्यमा समेत क्षति गर्नेमा किसानहरुको गुनासो छ । बर्षा सुरु भयो भनेर भनी रहेकाछन् तर किसान भने के भइरहेको छ पानी नै पर्दैन त भनेर अलमलमा परी रहेकाछन् । अहिले किसानलाइ आकाशको फल आखाँ तरि मर भने जस्तै भएको छ । आकाशमा पानी छ कहिले झर्छ भनेर हेर्नु शिवाय अरु केहि उपाय भएको छैन । पानी कहिले पर्छ भन्ने सबै किसानको प्रतिक्षाको बिषय बनेको छ आशा गरौ छिटै नै पानी परी दियोस् र सबैको मनमा फेरी खुशीयाली छाइ दियोस् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win