+
+
-- Sponsored Ad --

भगवान विष्णुले कसको कारणले गर्दा धर्तीमा अवतार लिनु पर्यो ? पढनुहोस :

1,310 पटक हेरिएको
Clock २०७७ फाल्गुन १७, सोमबार १६:०७
-- Sponsored --

हिंदू पौराणिक कथाहरुमा उल्लेखित देव र देविहरुसंग जोडीएका हरेक घटना हरु कसै न कसै प्रयोजनसंग हुदछन। यस्तै नै एउटा घटना को उल्लेख विष्णु पुराण मा भेटीएको छ।

भगवान विष्णुको धाम, बैकुंठ लोकमा जय र विजय नाम का दुई जना द्वारपाल अथवा पाले हरु थीए। एक चोटि सनक, सनन्दन, सनातन र सनत्कुमार (यी चारै जना सनकादिक ऋषि भनेर चिनिन्छन र भगवान हरु को पुर्खा मानिन्छन) विष्णु लोक मा भगवान विष्णु को दर्शन गर्न का लागी अाएका थीए। जय र विजय ले सनकादिक ऋषि हरु लाई बैकुंठ को ढोका मा नै रोके र भित्र जान बाट रोखे। अनी ती ऋर्षि हरु मध्ये एउटा ऋर्षि ले भने, ‘हामी त भगवान विष्णु का परम भक्त हौ। हाम्रो गति कहिले पनि रुक्दैन। तर जय विजय ले उनिहरुको कुरै सुनेनन।’

सनकादिक ऋषिहरु ले रिशाएर भने, ‘भगवान विष्णुसङ बसेर तीमी हरुमा घमन्ड आएको छ र घमन्डी हरुको वास बैकुंठ मा हुन सक्दैन। यस कारण हामी तिमि हरु लाई श्राप दिन्छौ कि तीमी हरु पाप योनि मा जाउ र आफ्नो पाप को फल भोग’। यस्तरी श्राप दीईेको मा जय र विजय डराएर ऋषि हरु को चरण मा परे माफी मांगन थाले।

अनी त्यती खेर नै भगवान विष्णु स्वयं लक्ष्मी माता र आफ्न समस्त पार्षद हरुका साथ ऋषि हरु का स्वागत का लागी आउनु भयो। भगवान विष्णु ले ऋषि हरु लाई भने, ‘यी जय र विजय नाम का मेरा पाले हरु हुन। यीनी दुबै ले आफ्नो अहंकारी बुद्धि को कारण ले गर्दा तपाई हरुको अपमान गरेर अपराध गरेका छन। तपाई हरु मेरा प्रिय भक्त हुनु हुन्छ र यीनी हरुले तपाई हरुको अवज्ञा गरेर मेरो पनी अवज्ञा गरेका छन। यीनी हरुलाई श्राप दीएर तपाई हरुले राम्रो कार्य गर्नु भएको छ। यस कारण तपाई हरु मलाई माफ गर्नुहोस।’

भगवान का उक्त मधुर वचनले गर्दा ऋषि हरुको रिस शांत भयो। भगवान को यस्तो उदारता बाट ऋषि हरु अति प्रशन्न भए र भने, ‘तपाई धर्म को मर्यादा राखन का लागी ब्राह्मण हरु को यती धेरै आदर गर्नु हुन्छ। हे नाथ! हामी हरुले यी निरपराध पाले हरु लाई रिस र आबेग मा अाएर श्राप दीयौ, यस का लागी हामी क्षमा चाहन्छौ। हजुर लाई उचित लागदछ भने यीनी पाले हरुलाई क्षमा गरेर हाम्रो श्राप बाट मुक्त गर्न सक्नुहुन्छ।’

भगवान विष्णु ले भन्नु भयो, ‘हे ऋषिगण हरु! हजुर् हरुले जुन श्राप दिनु भएको छ त्यो मेरो प्रेरणा ले नै भएको हो। यीनी हरु अवश्य पनी उक्त सजाय का भागीदार हुन। यीनी हरु दैत्य माता अदिति को गर्भ मा गएर दैत्य वंश मा जन्म लीनेछन र म द्वारा यीनी हरुको संहार हुनेछ। यीनी हरु म सङ शत्रुभाव राख्दा राख्दै पनी मेरो नै ध्यान मा लीन रहनेछन। म द्वारा यीनी हरुको संहार भैइसकेपछी यीनी हरु फेरि यस धाम मा फिर्ता अाउनेछन।

भनिन्छ की यीनीइ हरु नै पछी गएर हिरण्याक्ष र हिरण्याकश्यिपु, रावण र कुंभकर्ण का रूप मा प्रसिद्ध भए जस्को अंत गर्न का लागी भगवान विष्णुले वराह अवतार, नृसिंह अवतार, राव अवतार लीएका थीए।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win