+
+
-- Sponsored Ad --

ताउ-ते चक्रवातको असर : बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

1,106 पटक हेरिएको
Clock २०७८ जेष्ठ ६, बिहीबार ०८:२७
-- Sponsored --

काठमाडौं : अहिले देशभरको मौसम पूर्ण बदली भई धेरैजसो स्थानमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरैजसो स्थानमा पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। उनकाअनुसार आज दिनभर देशभर पानी पर्नेछ। बागमती र गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षाको संभावना छ। पश्चिमी न्यून चापीय प्रणाली र भारतको राजस्थान आसपासमा रहेको ताउ-ते चक्रवातको असरका कारण पानी परिरहेको हो। 

हिजोदेखि सुरु भएको पानी पर्ने क्रम भोलिसम्म जारी रहने महाशाखाले पूर्वानुमान गरेको छ। गएराती कञ्चनपुरमा भारी वर्षा भएको छ।  त्यहाँ पछिल्लो ६ घन्टामा मात्रै ५८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जानकारी दिएको छ। यस्तै गएराति काठमाडौंमा ४ दशमलव ६ मिलीमिटर पानी परेको छ।

महाशाखाका अनुसार भारतको राजस्थान आसपास रहेको चक्रवातको असर भने क्रमश कमजोर हुने क्रममा रहेको छ। आजभन्दा भोलि थप कमजोर बन्दै जाने मौसमविद् शाक्यले बताइन्। तर न्युन चापीय प्रणालीको असर पनि कायमै रहेकोले भोलिसम्म देशभरको मौसम पूर्ण बदली भई धेरैजसो स्थानमा पानी पर्न लागेको हो। 

आज देशका अधिकांश उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेकोले यस क्षेत्रका स्थानीयलाई सजग रहन महाशाखाले आग्रह गरेको छ। 

Source:thahakhabar

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win