+
+
-- Sponsored Ad --

प्यालेस्टाइनसँगको संघर्ष : युद्धविरामको लागि तयार भयो इजरायल

1,052 पटक हेरिएको
Clock २०७८ जेष्ठ ७, शुक्रबार ०७:४९
-- Sponsored --

७ जेठ, काठमाडौं । इजरायलको सुरक्षा क्याबिनेटले गाजा क्षेत्रमा युद्धविरामको लागि मञ्जुरी दिएको छ । इजरायलले आधिकारिक बयान जारी गर्दै भनेको छ ‘इजिप्टले युद्धबिरामको प्रस्ताव राखेको थियो, यो आपसी सहमति र ‘विना शर्त’ लागू हुने छ ।’

समाचार एजेन्सी रोयटर्सका अनुसार हमासको तर्फबाट पनि जारी गरिएको आधिकारिक बयानमा युद्ध बिरामको जानकारी दिइएको छ । उक्त बयानमा भनिएको छ कि स्थानीय समाचार अनुसार बिहान २ बजे नेपाली समय अनुसार पौने ५ बजेदेखि इजरायलको साथ आपसी सहमतिबाट युद्धबिराम गर्न लागिएको हो ।

गाजामा बीबीसीका संवाददाता रुश्दी अबुलफका अनुसार इजरायली सरकार सुरक्षा मामिलासम्बन्धी क्याबिनेटको बैठक पछि युद्धविरामको लागि तयार भएको हो ।

रुश्दीले युद्धविराम सम्बन्धी वार्ता सम्बन्धी स्रोतलाई उद्धृत गर्दै भनेका छन् ‘इजरायली पक्षले यस सम्बन्धमा इजिप्टलाई समेत जानकारी दिइसकेको छ ।’ यस विषयमा इजिप्टले पनि सक्रिय भूमिका खेल्दै आएको छ ।

बीबीसीबाट

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win