+
+
-- Sponsored Ad --

यस वर्ष संविधान दिवसमा कैदी रिहा नगरिने

110 पटक हेरिएको
Clock २०८१ आश्विन २, बुधबार १८:५९
-- Sponsored --

काठमाडौं ।  यस वर्ष संविधान दिवसको अवसरमा कैदी रिहा नगरिने भएको छ। 

कारागार व्यवस्थापन विभागले कैदी छुटेहरुको विवरण गृह मन्त्रालयमा पठाए पनि निर्णय हुन बाँकी रहेको भन्दै संविधान दिवसको अवसरमा कैदीबन्दी रिहा नहुने भएका हो।

महत्त्वपूर्ण उत्सवमा अपराध गरेर कैद भुक्तान गरिरहेकाहरूलाई रिहा गर्दा सन्देश राम्रो नभएको भन्दै यस वर्षको संविधान दिवस असोज ३ मा कुनै पनि कैदी नछुट्ने गृह मन्त्रालयकाे स्रोतले जनाएको छ ।  

यसअघि कैद मिनाहा गर्दा गम्भीर अपराध गरेर जेल परेकाहरूलाई पनि छाड्दा सरकार विवादमा परेको थियो। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win