+
+
-- Sponsored Ad --

नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ती बाल्छ : प्रधानमन्त्री ओली

194 पटक हेरिएको
Clock २०८१ कार्तिक १०, शनिबार १७:१८
-- Sponsored --

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जहाँ पुग्छ, त्यहाँ बत्ती बाल्छ र आफ्ना पदचिन्ह छाड्न भन्ने कीर्तिमानलाई कायम राख्न आग्रह गरेका छन् ।

विश्व नेपाली साहित्य महासंघद्वारा आयोजित तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलन, २०२४ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साहित्यले मनोरञ्जनका साथै समाज जगाउने र अग्रगमनको सन्देश दिने भएकाले यसको महत्त्व धेरै रहेको उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालको मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन यस्ता सम्मेलनले काम गर्ने जनाउँदै कोभिड–२०१९ का समयमा गरिएको ‘हिमवत्खण्ड कला साहित्य सम्मेलन’लाई पुनः निरन्तरता दिने तयारी गरिएकाले उक्त सम्मेलनमा सहभागिताका लागि विश्वस्तरका स्रष्टाहरूलाई आग्रह गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङसहित विभिन्न साहित्यकारहरूलाई सम्मान गरेका थिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win