+
+
-- Sponsored Ad --

मध्यविन्दुमा ट्याक्टरबाट खस्दा एक वृद्धको मृत्यु

127 पटक हेरिएको
Clock २०८१ मंसिर १, शनिबार १२:४४
-- Sponsored --
नवलपुर । नवलपुरको मध्यविन्दुमा खेतमा पराल लोड गर्ने क्रममा ट्याक्टरबाट खस्दा एक जना वृद्धको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार हिजो साँझ सात बजेतिरको समयमा मध्यबबिन्दु ३ इटौरा बस्ने ६० वर्षका देवीराम महतो घर नजिकै रहेको खेतमा पराल लोड गर्ने क्रममा लु ४ त ८९४३ नं को ट्याक्टरबाट खसेर घाइते भएका थिए ।
उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा ल्याएको थियो । उपचारको क्रममा उहाँको गएराति १० बजे मृत्यु भएको हो ।
परिवारले उक्त घटना बारे शनिबार  ११ः०० बजे मात्रै जानकारी गराएकोले प्रहरी टोलिले घटनाका बारेमा अनुसन्धान कार्य सुरु गरेको जनाएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win