Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
नगर उप-प्रमुख ओमकुमारीद्वारा चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्ष निरीक्षण नगर उप-प्रमुख ओमकुमारीद्वारा चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्ष निरीक्षण - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

नगर उप-प्रमुख ओमकुमारीद्वारा चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्ष निरीक्षण

974 पटक हेरिएको
Clock २०७८ जेष्ठ ८, शनिबार १४:३७
-- Sponsored --

चोरमारा । नवलपुरको मध्यबिन्दु नगरपालिकाकी उप प्रमुख ओमकुमारी महतोले अस्थायी कोभिड बिशेष अस्पताल चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रको शुक्रबार अस्पताल र आइसोलेसन कक्षको स्थलगत निरीक्षण गर्नुभयो ।

अस्पतालमा बिरामीले पाईरहेको स्वास्थ्य सेवा, परेका समस्या र अव गर्नुपर्ने कामका बिषयमा निरीक्षण गर्नुभएको हो । हिजो साँझ एक घण्टा सम्म अस्पतालको निरीक्षण गर्नुभएको हो ।

निरीक्षणको क्रममा उहाँले अस्पतालले प्रदान गरेको स्वास्थ्य सेवाको अवस्था र भोग्नुपरेको समस्याका बारेमा बिरामीसँग जानकारी लिनुभएको थियो ।

उप-प्रमुख महतोले उपचाररत कोभिड संक्रमित नगरवासीलाई प्रत्यक्ष भेट गरि उपचारमा संलग्न चिकित्सक लगाएत व्यवस्थापन पक्ष सङ् बिरामीको बिशेष स्वास्थ्यको हेरचाहका लागी कुनैपनी स्वास्थ्य सामाग्री तथा उपचारमा कुनै समस्या आउन नदिन् निर्देशानात्मक अनुरोध समेत गर्नुभएको थियो ।

सोही क्रममा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख सुमन ढकालले चोरमारामा कोभिडको बिरामीहरुको उपचारको लागि सबै स्वास्थ्यकर्मी तथा सहकर्मीहरु लागिपरेको बताउनुहुँदै अहिलेलाई अक्सिजन सहितको आइसोलेसन सञ्चालनमा ल्याएको र संख्या बढ्दै गएको अवस्थामा बेडहरु बढाउँदै व्यवस्थित गर्दै जाने बताउनुभयो । उहाँका अनुसार अहिले चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत संख्या ६ जना रहेका छन् ।

निरीक्षणमा वार्डअध्यक्ष तथा स्वास्थ्य केन्द्रका ब्यवस्थापक समिती अध्यक्ष अमृत प्र. ज्ञवाली, केन्द्रका प्रमुख सुमन ढकाल, चिकित्सकहरु लगाएत उपस्थित हुनुहुन्थ्यो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win