+
+
-- Sponsored Ad --

कावासोती खानेपानीका अध्यक्षको मेयरलाई सुझावः व्यवहार र स्वभाव बदल्नुस्

178 पटक हेरिएको
Clock २०८१ माघ २५, शुक्रबार ०८:२१

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 36;

-- Sponsored --

रमेश बस्ताकोटी, नवलपुर:  कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष दिपकराज लम्सालले कावासोती नगरपालिका का मेयर बिष्णु प्रसाद भुषाललाई आफ्नो व्यवहार र स्वभाव परिवर्तन गर्न सुझाव दिएका छन् ।

मेयरको व्यवहारका कारण खानेपानी सस्थाले नगरपालिका बाट पाउनुपर्ने बिभिन्न सहयोग पाउन नसकेको उनको आरोप छ ।
बिहिबार दिउँसो पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष लम्सालले मेयरलाई प्रश्न गरे ,‘सरकारी सहयोग ल्याउन होस् या खानेपानीका बिभिन्न गतिविधि संचालन गर्न अभिभावक सस्थाको रुपमा रहेको मेयरको प्रमुख भुमिका हुन्छ , हामी किन त्यो सहयोग पाउन सकेनौं ।’ उनले नगरपालिकाले दिनुपर्ने सामान्य सिफारिसमा पनि मेयरले अल्झाउने गरेको पत्रकारहरु संग बताए ।

मेयर भुसाल कावासोती खानेपानी तथा सरसफाई सस्थाका पुर्व अध्यक्ष पनि हुन् । अध्यक्ष दिपक लम्साल र मेयर भुषाल दुबै नेकपा एमालेका नेता हुन् ।

पार्टीभित्रको लडाईका कारण त यस्तो भएको हैन भन्ने पत्रकारहरुको जिज्ञासामा लम्सालले भने ,‘पार्टीगत कुराले हैन , उहाँको व्यवहारले यस्तो भएको हो ,कावासोती खानेपानीलाई हेर्ने उहाँको दृष्टीकोण बदल्न आवश्यक छ ।’

गर्नुपर्ने सहयोग पनि नगर्ने तर सानो सानो कुरामा पनि हस्तक्षेप गर्न खोज्ने मेयरको स्वभाव भएका कारण कतिपय अवस्थामा अप्ठ्यारो पर्ने गरेको उनको भनाई छ ।
‘नगरस्तरीय खानेपानी वोर्ड गठन गर्ने कुरा धेरै भयो , कहिले बन्छ यो बोर्ड , सधै गफ मात्र भएन ? ।’ उनले प्रश्न गरे ।

गलत बोल्नु भयो , माफ नमागें झन् असहयोग हुन्छ:  मेयर भुषाल
कावासोती नगरपालिकाका मेयर बिष्णु भुषालले भने अध्यक्ष लम्सालको कुरा पुरै हावादारी भएको बताए । पत्रकारहरू संग कुरा गर्दै उनले भने , ‘उहाँले लाएको आरोप असत्य हो । माफ माग्नुपर्छ उहाँले , त्यसो नगरे आगामी दिनमा सहयोग गर्न सक्दिन ।’

‘नगरपालिकाकै सिफारिसमा ३७ करोड ऋृण बिभिन्न दातृ निकायबाट आउँदैछ यदी उहाँले पत्रकार संग भनेको कुरालाई लिएर माफी नमागे ऋृण सम्झौता हुँदैन ।’ भुषालले भने ।
भुषालले अध्यक्ष लम्साल र आफु एउटै पार्टीको कार्यकर्ता भएको भन्दै व्यक्तीगत कुरालाई लिएर अरुको बिषयमा अनावश्यक टिप्पणी नगर्न आग्रह गरे ।

अध्यक्ष लम्सालले अहिले १० करोड रुपैया सस्थाको नाममा मौज्दात रहेको र ४० लाख भन्दा बढी ऋृण नभएको जानकारी दिए । सस्थाले बिहिबारनै नेपाल पत्रकार महासंघको बिभिन्न तहमा निर्वाचित भएका पत्रकारहरुलाई सम्मान समेत गरेको थियो ।

कावासाेती खानेपानी संस्थाका अध्यक्ष दिपकराज लम्साल सस्थाकाे गतिविधीवारे पत्रकारहरू समक्ष कुरा राख्दैः

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win