+
+
-- Sponsored Ad --

अर्जुनचौपारी बन्याे संस्थागत क्षमता स्वमूल्याङ्कनमा गण्डकीकै पहिलो पालिका ।

50 पटक हेरिएको
Clock २०८२ भाद्र ८, आईतवार ०८:४२
-- Sponsored --

कावासाेती । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो भएको छ ।

आर्थिक वर्ष २०८०-०८१ को मूल्याङ्कनमा अर्जुनचौपारीले उत्कृष्ट अंक सहित प्रदेशमा पहिलो स्थान पाएको हो । अर्जुनचौपारीले ८८.७५ अंक पाएको छ ।

स्याङ्जाकै भीरकोट नगरपालिकाले ८८.२५ अकं सहित गण्डकीमा दोस्रो स्थान पाएको छ भने पर्वतको जलजला गाउँपालिकाले ८८ अंक सहित तेस्रो भएको छ । प्रदेशभित्रका ३ पालिकाले ८८ अंक पार गर्दा २२ पालिकाले ८५ अंक पार गरेका छन् ।  यस्तै, ४१ पालिकाले ८० अंक कटाएका छन् ।
 
गण्डकीको एकमात्रै महानगर पोखराले ८३.५ अकं ल्याएको छ । नगरपालिकातर्फ गोरखाको पालुङटार ८७.७५ अंक सहित दोस्रो हुँदा गाउँपालिकातर्फ गोरखाकै भीमसेन थापा गाउँपालिका समान ८७.७५ अंक सहित तेस्रो भएको छ ।
समग्र पालिकाहरुमा पालुङटार प्रदेशमा चौथो र भीमसेनथापा पाँचौ भएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win