+
+
-- Sponsored Ad --

ह्यारी केनलाई गोल्डेन बुट,तेश्राे पटक सुनकाे जुत्ता ।

1,349 पटक हेरिएको
Clock २०७८ जेष्ठ १०, सोमबार ०८:५०
-- Sponsored --

एजेन्सी । टोटेनहमका स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन् ।

यस सिजन प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले बुट अवार्ड जितेका हुन् । इंग्ल्यान्डका फरवार्ड केनले यस सिजन २३ गोल गरे ।

केनले लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै यस अवार्ड जितेका हुन् ।

सलाहले २२ गोल गरे । हिजो राति लेष्टर सिटीमाथि ४–२ को जित निकाल्दा केनले एक गोल गरेका थिए । जसको कारण केनले गोल्डेन बुट हात पारेका हुन् ।

केनले तेस्रो पटक गोल्डेन बुट अवार्ड जितेका हुन् । केनले प्रिमियर लिगको प्लेमेकर अवार्ड समेत जितेका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win