+
+
-- Sponsored Ad --

लक्ष्मी हेल्प फाउन्डेसनद्वारा गैंडाकोट ३ को आधारभुत स्वास्थ्य इकाईलाई २ वटा अक्सिजन सिलिन्डर

699 पटक हेरिएको
Clock २०७८ जेष्ठ २४, सोमबार १६:१८
-- Sponsored --

गैंडाकोट , जेठ २४
गैंडाकोट ३ मा रहेको आधारभुत स्वास्थ्य इकाई मा एक कार्यक्रमका बिच लक्ष्मी हेल्प फाउन्डेसन ले गैंडाकोट ३ ढोडेनि को आधारभुत स्वास्थ्य इकाईमा दुई वटा अक्सिजन सिलिन्डर हस्तान्तरण भएको थियो।
कार्यक्रम मा लक्ष्मी हेल्प फाउन्डेसनका गणेश अधिकारी संचालक सदस्य ले गैंडाकोट नगरपालिका कै विकट वडाको रुपमा रहेको गैंडाकोट ३ मा बिगत देखि नै स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएको र जुन सुकै समस्यामा पनि सहयोग गर्न बताउनु भयो । कार्यक्रमको अध्यक्ष गैंडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले लक्ष्मी हेल्प फाउन्डेसनले दिएको २ वटा अक्सिजन सिलिन्डर लाई सहि सदुपयोग मा प्रयोग गर्न र स्थानीय बासिन्दा लाई स्वास्थ्य मा केही समस्या आए वडा कार्यालय मा जानकारी गराउने बताउनु भयो र सहयोग गर्न सहयोगी दाता लाई धन्यवाद दिनु भयो । संचालक सदस्य बिष्णु अधिकारीको समेत उपस्थित रहेको कार्यक्रमको सहजीकरण सदस्य शंकर आर्चाय ले गर्नु भएको थियो ।
गैंडाकोट नगरपालिका वडा नम्बर ३ भौगोलिक रुपमा पनि विकट रहेको र बर्खायाम मा एम्बुलेन्स आउन समेत नसक्ने अवस्था रहेको हुदा गाउँ कै सवारी साधन मा बिरामी लाई अस्पताल सम्म लैजान पर्न बाध्यता रहेको हुदा वडा अध्यक्ष तिवारी ले सामाजिक संजालको पोस्ट मार्फत उक्त अक्सिजन सिलिन्डर सहयोग प्राप्त भएको हो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win