+
+
-- Sponsored Ad --

विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र सुरु

617 पटक हेरिएको
Clock २०७८ असार १, मंगलवार १४:४९
-- Sponsored --

विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी भएको हो । नयाँ शैक्षिक सत्र अन्तर्गत‘मूल्यांकन गर्न बाँकी रहेका एसईई सहितको नतिजा विद्यालयले सम्बन्धित इकाइमा बुझाइसकेपछि साउन एक गतेदेखि पठनपाठन शुरु गर्ने कार्यतालिका बनेको सामुदायीक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । कोभिड १९ का कारण नियमित नयाँ शैक्षिक सत्र दुई महिनापछि धकेलिएर असार १ गतेदेखि शुरु भएको हो ।

 

नयाँ भर्नाका लागि जेठ २५ देखि प्रचार प्रसार गरी असार १ देखि भर्ना अभियान शुरु गर्ने संघीय सरकारको कार्यतालिका बनेको थियो । त्यही कार्यतालिका अनुसार स्थानीय सरकारले महिनाभर भर्ना अभियान संचालन गर्न लागिएको हो । यही भर्ना अभियानको समयावधि भित्र विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइसक्नुपर्ने छ । स्थानीय तहहरुले विद्यार्थीको मूल्यांकन नतिजा सार्वजनिक गर्न र भर्ना अभियान सन्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win