+
+
-- Sponsored Ad --

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, देउवालाई विश्वासको मत दिने २२ सांसदलाई कारबाही हुन सक्ने

375 पटक हेरिएको
Clock २०७८ श्रावण ४, सोमबार ०८:१२
-- Sponsored --

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । प्रधानमन्त्रीबाट हटाईएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगातार पार्टी संरचनाको बैठक राखिरहनुभएको छ ।

केन्द्रीय कमिटीको १४औँ बैठक आज बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ ।

हिजो मात्रै पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा २२ सांसदले विश्वाशको मत दिएपछि आज बस्न लागेको केन्द्रिय कमिटिको बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

एमाले स्थायी कमिटिको बैठकले हिजो देउवाको पक्षमा मतदान गर्ने सांसदहरु एमाले रहन नसक्ने निर्णय गरेको थियो । आजको बैठकले नेकपा एमालेमा विगत तीन महिनादेखि जारी एकताको प्रयासलाई कता लैजान्छ भन्ने चासो बढेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win