+
+
-- Sponsored Ad --

फोटो पत्रकार दानिस सिद्दिकीको सम्झनामा दीप प्रज्वलन

547 पटक हेरिएको
Clock २०७८ श्रावण ५, मंगलवार २३:२०
-- Sponsored --

रोयर्टसका फोटोपत्रकार दानिस सिद्दिकीको सम्झनामा फोटो पत्रकार क्लबले मंगलबार दीप प्रज्वलन गरेको छ । अफगानिस्तानको कन्दाहार प्रान्तको स्पिन बोल्दाक जिल्लामा तालिबान र अफगान सुरक्षा फौजको झडपमा परी दानिसको गत साता मृत्यु भएको थियो ।

क्लबले सिद्दिकीको सम्झनामा बौद्धमा दीप प्रज्वलन गर्दै सिद्दिकीको हत्याको घटनाप्रति घोर भर्त्सना समेत गरेको छ । पुलित्जर पुरस्कार विजेता फोटोपत्रकार सिद्दिकीले केही दिनयता कन्दाहारको तालिबान प्रभावित क्षेत्रबाट रिपोर्टिङ गरिरहेका थिए ।

रोयटर्सका लागि भारतमा चिफ फोटोपत्रकारका रुपमा कार्यरत दानिसले दिल्लीस्थित जामिया मिलिया इस्लामिया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका थिए । त्यस्तै, उनले एजेके मास कम्युनिकेसन रिसर्च सेन्टरमा पत्रकारितासम्बन्धी अध्ययन गरेका थिए ।

टेलिभिजन संवाददाताका रुपमा पत्रकारिता सुरु गरेका उनी सन् २०१० रोयटर्समा इन्टर्नका रुपमा आबद्ध भएका थिए । २ दिनअघि मात्रै उनले कन्दाहारमा एक जना प्रहरीको उद्धारमा सुरक्षा फौजसँगको टोलीमा खटिँदाको अनुभव ट्विटरमा सेयर गरेका थिए ।

अफगान सुरक्षा फौज र तालिबानबीचको भिडन्तमा भाग्यले बाँच्न सफल भएको भन्दै आफैं चढेको गाडीमाथि रकेट आक्रमण भएको दृश्यसमेत उनले पोस्ट गरेका थिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win