+
+
-- Sponsored Ad --

चार पूर्वमाओवादी नेताले दायर गरेको रिटमा सुनुवाइ नै भएन, “हेर्न नभ्याइने”को सूचीमा

509 पटक हेरिएको
Clock २०७८ श्रावण १४, बिहीबार १७:४८
-- Sponsored --

काठमाडौं । सांसद् पद पुनर्बहालीको माग गर्दै पूर्व माओवादीका चार नेताहरूले दायर गरेको रिट सर्वोच्च अदालतको हेर्न नभ्याइनेको सूचीमा परेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलास परे पनि बिहीबार हेर्न नभ्याइनेमा परेको हो ।

सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुई कित्तामा विभाजन भए पनि टोपबहादुर रायमाझी, प्रभु शाह, गौरीशंकर चौधरी र लेखराज भट्टले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै नेकपा एमाले प्रवेश गरेका थिए ।

नेकपा एमालेमा प्रवेश गरेको भन्दै पार्टी सदस्यबाट बर्खास्त गर्दै सांसद् पदसमेत नरहने गरी माओवादी केन्द्रले कारवाही गरेपछि चार नेता सांसद् पद पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्च पुगेका थिए ।

टोपबहादुर रायमाझीले दायर गरेको रिटमा आफूहरू एमालेमा प्रवेश नगरको र अझै माओवादी नै रहेको उल्लेख गरिएको थियो । यद्यपि उहाँले नेकपा एमालेका स्थायी समिति र केन्द्रीय कमिटीका कैयौं बैठकमा सहभागी हुनुभएको थियो ।

बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी सूचीमा चढेपनि लागूऔषधको मुद्दाको सुनुवाइका कारण रायमाझी लगायतले दायर गरेको रिटमाथि समय अभावका कारण हेर्न नभ्याइने सूचीमा परेको हो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win