+
+
-- Sponsored Ad --

साउन २१ गते बिशेष नगरसभा बोलायो

757 पटक हेरिएको
Clock २०७८ श्रावण १६, शनिबार २१:४१
-- Sponsored --

देवचुली नगरपालिकाले साउन २१ गते बिशेष नगरसभा बोलाएको छ। यस भन्दा अघि घर जग्गाको हक हस्तानतरण तथा राजिनामा लिखित पारित गर्ने सिलसिलामा रजिस्ट्रेसन हुने लिखितमा थैली कायम गर्दा मालपोत कार्यालयले कायम गरेको रकम र पालिकाले कायम गरेको रकम मध्य बढी हुन आउने रकमलाई आधार मानि थैली कायम गर्ने भनि छलफल भएको थियो।

उक्त छलफलमा पालिकाले कायम गरेको रकम अन्य पालिकाको भन्दा बढी हुन आएपछि कारोबारमा कठिनाई भएको भनि जनप्रतिनिधि संगै स्थानीयवासीहरुको समेत गुनासो आएको हुनाले यसलाई हेरफेर गर्नको लागी नगरसभा बोलाइएको हो ।

नगरपालिकाका प्रशासकीय अधिकृत गोबिन्द सिग्देलको हस्ताक्षर सहित जारि गरिएको सुचनाको आधारमा सबै वडाहरुको हकमा नगर सभाबाट अर्को निर्णय नभए सम्म मालपोत , भूमिकर , तिरो तथा सम्पति कर , घर जग्गा मुल्याङ्कन कार्य रोक्का गरिएको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win