+
+
-- Sponsored Ad --

ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार

471 पटक हेरिएको
Clock २०७८ श्रावण २६, मंगलवार ००:०३
-- Sponsored --

कास्की प्रहरीले ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरेको छ । पोखरा २५ हेम्जा मसिनाबगर सहस्र घाट स्थित सेती नदीमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका पोखरा -२५ हेम्जाका ६३ वर्षीय रामचन्द्र थापाले प्रहरीमाथि अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अवैध रूपमा गिट्टी, बालुवा उत्खनन भइरहेको भन्ने सूचनाको आधारमा आइतबार नदी क्षेत्रमा खटिएको प्रहरी टोलीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गर्ने र हातपात समेत गर्ने प्रयास गरेपछि थापालाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास कुमार हमालले जानकारी दिनुभयो ।

थापालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तरगत अभद्र व्यवहार मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको हमालले उल्लेख गर्नुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win