+
+
-- Sponsored Ad --

चाबहिलमा श्रीमानले गर्भवती श्रीमतीको हत्या गरे ।

394 पटक हेरिएको
Clock २०७८ श्रावण २८, बिहीबार ११:४६
-- Sponsored --

२८ साउन, काठमाडौं । काठमाडौंको चाबहिलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

मकवानपुरको हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । रञ्जना ६ महिनाकी गभर्वती थिइन् ।

हत्यापछि उनी आफैंले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए । उनले फोन गरेपछि प्रहरी टोली पुग्दा कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा अभियुक्त र ओछ्यानमा रन्जनाको शव भेटिएको थियो ।

श्रीमतीसँग बिवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको भनेर श्रेष्ठले स्वीकारेको प्रहरीले जनाएको छ ।

गौशाला प्रहरीका डिएसपी केशव भट्टराईले घटनाको पुष्टि गर्दै अनुसन्धान भइरहेको जानकारी दिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --
×
🎡 Spin & Win