+
+
-- Sponsored Ad --

५० प्रतिशत मात्रै दर्शक राखेर फिल्म हल सञ्चालन गर्न काठमाण्डौ प्रशासनको निर्देशन ।

368 पटक हेरिएको
Clock २०७८ भाद्र १८, शुक्रबार २१:१०
-- Sponsored --

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले कुल सिट क्षमताको ५० प्रतिशत मात्रै दर्शक राखेर फिल्म हल सञ्चालन गर्न फिल्म व्यवसायीहरूलाई निर्देशन दिएको छ।

शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले चलचित्र विकास बोर्ड तथा फिल्म व्यवसायीहरूसँग बसेकाे बैठकमा उक्त निर्देशन दिएका हुन्।

प्रमुख जिल्ला अधिकारी पराजुलीले रात्रिकालीन व्यवसायमा पनि ५० प्रतिशतमात्रै दर्शक वा ग्राहक राख्न निर्देशन दिएको सहायक प्रजिअ कल्पना घिमिरे नेपालले जानकारी दिए।

उनले भनिन,‘आज फिल्म ब्यवसायी, लोकदोहोरी साँझ, क्लब लगायत रात्रिकालीन व्यवसायीहरूसँग बैठक भएको थियो, यसै बेला उहाँले त्यस्तो निर्देशन दिनु भएको हो।’

काेभिडका कारण बैशाखदेखि बन्द गरिएकाे फिल्म हल काठमाडौं जिल्ला प्रशासनले १७ गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेकाे थियो। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win