0 प्रतिक्रिया
एमालेको अवरोधकाबीच राजनीतिक दल सम्बन्धि अध्यादेश संसदमा पेश
काठमाडौं, भदौ २३ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिनिधिसभामा पेश गरेको छ ।
प्रतिनिधिसभाको बुधबार बसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धि अध्यादेश पेस गर्नुभएको हो ।
विपक्षी सांसदहरुले बैठकमा नाराबाजी गरिरहेकै बेला सभामुख अग्निप्रसाद सापकोटाले गृहमन्त्री खाँणलाई अध्यादेश पेश गर्न समय दिनुभएको थियो ।
आजबाट सुरु भएको संघीय संसद प्रतिनिधिसभाका पहिलो र दोस्रो बैठक एमालेका सांसदहरुको अवरोधका कारण स्थगित गरिएको थियो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



