+
+
-- Sponsored Ad --

संविधान दिवसकाे अवसरमा राष्ट्रपतिद्वारा ५३१ कैदीलाई माफी

573 पटक हेरिएको
Clock २०७८ आश्विन २, शनिबार २१:००
-- Sponsored --

काठमाडाैं : संविधान दिवसकाे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ५ सय ३१ जनालाई माफी भएकाे छ। नेपालको संविधानको धारा २७६ बमोजिम मन्त्रिपरिषद्को मिति भदाै २९ गतेको सिफारिसमा ५ सय ३१ जनालाई माफी भएकाे हाे।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्‍नाथ पन्तले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ,‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को प्रावधानअनुसार पूर्णबहादुर भन्ने किशोर भण्डारी समेतका ८ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय संविधान दिवस, २०७८ को अवसरमा माफी भएको छ।’ 

यस्तै, संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतबाट रिट नं. ०७६-WO-०९३९ को मुद्दामा साउन १९ मा भएको परमादेशको आदेश, मुलुकी अपराधसंहिता, २०७४ तथा बालबालिकासम्बन्धी ऐन, २०७५ र फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को भदाैं २९ गतेको सिफारिसमा संविधान दिवसकाे अवसरमा असाेज ३ गतेबाट लागू हुने गरी हर्कबहादुर राई समेत ५ सय २३ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ।

 विज्ञप्ति :

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win