+
+
-- Sponsored Ad --

काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्दा तीन बेपत्ता ।

427 पटक हेरिएको
Clock २०७८ आश्विन ८, शुक्रबार ०९:४७
-- Sponsored --

८ असोज, काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।

ग.२ च ४९१८ नम्बरको कार गएराति साढे १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खस्दा चालक सहित तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका वडा नं. १७ का ५५ वर्षका प्रेम बहादुर भुजेल, सोही स्थानका ५५ वर्षका लेख बहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल छन् ।

बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

 
 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win