+
+
-- Sponsored Ad --

र्‍याफ्टिङ गर्ने क्रममा खसेर एक युवकको मृत्यू

329 पटक हेरिएको
Clock २०७८ आश्विन १७, आईतवार २२:०६
-- Sponsored --

र्‍याफ्टिङ गर्ने क्रममा खसेर एक युवकको ज्यान गएको छ । चौतारा साँगाचोकगढी नगरपालिका- ९ डुम्रेस्थित सुनकोसी नदीमा खसेर दोलखा मेलुङ गाउँपालिका- ४ घर भएका २२ वर्षीय सजन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

हाल काठमाडौं ठूलो भर्‍याङस्थित स्वयम्भू खाद्यान्न डिपोमा काम गर्ने खड्काको खोजी गर्ने क्रममा शव फेला पारिएको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । स्प्लस नेपाल एड्भेन्चर काठमाडौंबाट नदीमा र्‍याफ्टिङ गर्न १० जना गएका थिए ।

१० जनामध्ये र्‍याफ्टिङ गर्ने क्रममा एक जना बेपत्ता भएका थिए । वेपत्ताको प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्ने क्रममा दिउँसो ३ बजे शव फेला परेको हो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win