+
+
-- Sponsored Ad --

भारतमा रहेकाे न्यून चापीय र पश्चिमी वायु प्रणालीको प्रभाव :किसान चिन्तित

367 पटक हेरिएको
Clock २०७८ कार्तिक १, सोमबार ११:३६
-- Sponsored --

कात्तिक १, काठमाडौं ।। 

हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू-भागमा सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका एक- दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। 

सोमबार देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरू मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम र वाकी हिमाली भूभागहरूका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरू तथा प्रदेश न २ का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १, लुम्बिनी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

यसैबिच दशैंअघि काटेर भित्र्याउन ठिक्क पारिएको धानखेती खेतमै भिजेपछि किसानहरु चिन्तित बनेका छन् । धान र पराल खेतमै कुहिने अवस्था आएपछि बर्षभरीको मेहनत खेर गएको किसानहरुको गुनासो रहेको छ । त्यसै त खाद्यान्नमा भारतमा निर्भर रहने हाम्रो नियती अब के हुने हो भन्ने दुविधाको अवस्था आएको जानकारहरु बताउँछन् । एजेन्सी ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win