+
+
-- Sponsored Ad --

राखेप सदस्यसचिव सिलवाल राति स्वदेश फर्कंदै

387 पटक हेरिएको
Clock २०७८ कार्तिक २, मंगलवार ०६:२८
-- Sponsored --

असोज २, मंगलबार ।।

साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न माल्दिभ्स पुगेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल साेमबार राति स्वदेश फर्किएका छन् । 

गत हप्ता अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पासँग  माल्दिभ्स राजधानी माले पुगेका सदस्य सचिव सोमबार राती स्वदेश फर्कने कार्यक्रमअनुरुप राति ९ बजे अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने भएका  हुन् ।

सदस्यसचिव सिलवालका स्वकीय सचिव मनोज खड्गीले पुष्टि गर्दै राति ९ बजे ‘ल्याण्ड’ हुने बताए । 

यता, आज नै नेपाल सरकारको बैठकले सदस्यसचिव सिलवाललाई बर्खास्त गरेको चर्चा चलिरहेका बेला सदस्यसचिव राति स्वदेश ल्याण्ड हुन लागेका हुन् । 

यद्यपि, उनी आफ्नो नियमित समय अनुसार नै स्वदेश फर्कन लागेका हुन् । शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३-० गोल अन्तरले पराजित भएको थियो । १३औं संस्करणको साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलो पटक २८ वर्षपछि फाइनल पुगेको हो । 

नेपाली  टिम भने साेमबाच  बिहानै स्वदेश फर्किसकेको छ । एजेन्सी ।।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win