0 प्रतिक्रिया
ओली पदाधिकारी व्यवस्थापनमा, नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव !
मंसिर ११, चितवन ।। एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन्। जसकारण बन्दसत्रमा ढिलाइ भएको छ।
सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए। ओलीले नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेको चर्चा छ।
शुक्रबार महाधिवेशन स्थलमा बसेको केन्द्रीय कमिटीले थपेको पदाधिकारीमा कुन व्यक्तिलाई कहाँ राख्ने भन्ने टुंगो ओलीले सफारी पार्कबाट लगाउने भएका छन्।
ओली बसेकाे हाेटल सफारी पार्कमै अहिले पदाधिकारी बैठक बस्दै छ। जसकारण बन्दसत्र अझै लम्बिने देखिएकाे छ।
शनिबार बिहान १० बजे सेभन स्टारमा सुरू हुने भनिएको बन्दसत्र साढे ११ बजिसक्दा पनि सुरू भएको छैन। प्रतिनिधिहरू सबै ओलीलाई कुरिरहेका छन्।
हिजो पनि ८ बजे केन्द्रीय कमिटी बोलाएर ओली राति ११ बजे पुगेका थिए।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



