+
+
-- Sponsored Ad --

ओमिक्रोन भाइरसको त्रासले कोरोना खोपप्रति आकर्षण बढ्दो

381 पटक हेरिएको
Clock २०७८ मंसिर १९, आईतवार ०७:३५
-- Sponsored --

१९ मंसिर, काठमाडौं ।।

कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको त्रास बढ्न थालेपछि महोत्तरीका सर्वसाधारणले कोरोना खोपप्रति चासो बढाएका छन्। खोप अभियान सुरु हुँदा कोरोना खोप लगाउन उपस्थित नै नहुने सर्वसाधारणले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि तीव्र चासो बढाएका हुन्।

खोप लगाएर रोगबाट बच्न सकिन्छ भन्ने अविश्वासकै कारण महोत्तरीमा चलाइएको विभिन्न खोप अभियानमा सर्वसाधारणको उत्साहजनक उपस्थिति देखिएको थिएन। तर, पछिल्लो समय खोप प्रतिको आकर्षण बढेको हो ।

कतिपय धार्मिक र सांस्कृतिक मान्यताका कारण पनि महोत्तरीमा चलाइएका छैठौं खोप अभियानसम्म आइपुग्दा ५० प्रतिशत जनसंख्याले कोरोना खोप लगाएका छैनन् ।

‘खेतीपातीमा काम गर्दागर्दै कोरोना खोप लगाउन जानै पाइएन । अहिले फेरि यहीँ कोरोनाको नयाँ भेरियन्ट आएको छ रे ? अब जसरी पनि लगाउँछु,’ महोत्तरी जलेश्वरका राम नरेशले भने ।

राम नरेश जस्तै यो पटक खोप अभियानमा जसरी पनि सहभागी हुने बर्दिबास-३ का कृष्ण खत्रीको योजना छ। कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको चर्चा र केही देशले लकडाउन नै गरेपछि खत्रीले अहिले डर लागिरहेको बताए।

कोरोना भाइरसको नियन्त्रण र यसबाट बच्नका लागि खोप लगाउनु पर्ने एक मात्र विकल्प हुँदाहुँदै जनचेतनाको अभावले अझै महोत्तरीका मुसहर, डुम तथा मुस्लिम समुदायले खोपलाई सहर्ष स्विकार्न सकेका छैनन्।

खोप लगाइसकेपछि ज्वरो आउने, दीर्घरोग भए त्यसलाई टेवा पुग्ने र मृत्युसम्म हुने गलत अफवाहले सबै उमेर समूहका सर्वसाधारण अझै दुविधामा छन्। 

महोत्तरीमा चलाइएका सबै खोप केन्द्रमा सर्वसाधारणको चासो र सहभागिता न्यून देखिएता पनि ओमीक्रोन भाइरस चर्चा हुन थालेपछि खोपको विषयमा आफै चासो देखाइरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म २ लाख ४८ हजार २ सय ९ जनाले कोरोना खोप लिएका छन्। यो संख्या कूल जनसंख्याको झण्डै ५२ प्रतिशत  हुन आउँछ। अझै महोत्तरीमा ४८ प्रतिशत जनसंख्या खोप लगाउनबाट विमुख बनिरहेका छन्।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win