+
+
-- Sponsored Ad --

१९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिपमा नेपाल र बङ्गलादेशको बराबरी

325 पटक हेरिएको
Clock २०७८ मंसिर २६, आईतवार ०७:३२
-- Sponsored --

२६ मंसिर , काठमाडौं ।। १९ वर्षमुनिकाे साफ च्याम्पियनसिप महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेलेका छन् ।

ढाकामा पहिलो खेलमा नेपालले घरेलु टोली बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको हो ।

बराबरीसँगै नेपाल र बङ्गलादेशले समान एक/एक अङ्क जोडेका छन् । अब नेपालले दोस्रो खेलमा बुधवार श्रीलङ्कासँग खेल्ने छ । यस्तै भुटानसँग डिसेम्बर १७ र भारतसँग डिसेम्बर १९ मा खेल्नेछ ।

हिजो भएको खेलमा भुटानले श्रीलङ्कालाई ५–० ले हराएको छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, भुटान, भारत र श्रीलङ्का सहभागी छन् ।

फाइनलमा पुग्ने शीर्ष दुई टोलीले उपाधिका लागि डिसेम्बर २१ मा खेल्नेछन् । 
 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win