+
+
-- Sponsored Ad --

बिहान तराईमा हुस्सु, राति उच्च पहाडी क्षेत्रमा हिमपातकाे आँकलन

573 पटक हेरिएको
Clock २०७८ पुष २०, मंगलवार ०७:३०
-- Sponsored --

एन सञ्चार, २० पुषः 

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरैजसो भूभागहरूमा हुस्सु-कुहिरो लागेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।

राति सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

बुधबार सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाले जानकारी दिएकाे छ।

आज काठमाडौंमा बिहान कुहिरो लागेको छ । बिहान ६ बजे  चार हजार भिजिविलिटी रहेको छ । २५ सयभन्दा कम भिजिबिलिटी भयो भने जहाज उडान तथा अवतरणमा अवरोध हुने सम्भावना हुन्छ ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win