+
+
-- Sponsored Ad --

एमालेको जिल्ला अधिवेशन : अहिलेसम्म २१ जिल्ला र दुई विशेष कमिटीमा अध्यक्ष चुनिए

394 पटक हेरिएको
Clock २०७८ पुष २५, आईतवार ०८:३५
-- Sponsored --

काठमाडौं । नेकपा एमालेको जिल्ला नेतृत्व चयन प्रक्रिया चलिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत शक्रवार भर्चुएल माध्यमबाट ७७ वटै जिल्ला अधिवेशनको एकसाथ उद्घाटन गर्नुभएको थियो ।

त्यसपछि अधिकांश जिल्लाहरुले अधिवेशन थालेका छन् । अहिलेसम्म लुम्बिनी प्रदेशको पाल्पामा धनेन्द्रराज घिमिरे, गुल्मीमा बालकृष्ण काउछा मगर, अर्घाखाचीमा पिताम्बर भुसाल, बाँकेमा किस्मत कुमार कक्षपति, बर्दियामा लालवहादुर श्रेष्ठ, दाङमा हुकुम बहादुर बस्नेत, रुपन्देहीमा तेजेन्द्र केसी र कपिलवस्तुमा डम्बर शर्मा जिल्ला अध्यक्ष चुनिएका छन् ।

यसैगरी झापामा दिपक कार्की, मोरङमा ऋषिकेश पोखरेल, खोटाङमा रामप्रसाद दंगाल, सप्तरीमा ताराकान्त चौधरी, धनकुटामा इन्द्रमणी पराजुली, रसुवामा कर्णेल तामाङ, धादिङमा भुमि त्रिपाठी, काभ्रेपलाञ्चोकमा अशोक ब्यान्जु, भक्तपुरमा बचन देउजा, गोरखामा प्रेम गुरुङ, तनहुमा शृप्रसाद श्रेष्ठ, डोल्पामा शेरवहादुर बुढा, सल्यानमा गोविन्द पुन मगर अध्यक्ष चुनिएका छन् ।

गैर भौगोलितर्फ मजदूर विशेषमा जितेन्द्र श्रेष्ठ र पेशागत विशेष जिल्ला कमिटीमा उमेश ढकाल अध्यक्ष चनिएका छन् । अधिकांश जिल्लाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win