+
+
-- Sponsored Ad --

स्थानीय निर्वाचन समयमै हुनुपर्छ : नेता सिंह

335 पटक हेरिएको
Clock २०७८ माघ ८, शनिबार २०:१५
-- Sponsored --

८ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचन समयमै हुनुपर्ने बताएका छन् ।

शनिबार डाक्टर मिता सिंहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिह’ सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले स्थानीय तहदेखि संघीय निर्वाचन समयमै हुनुपर्ने बताए ।

झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेडअनुसार काम गर्न नसकेको र संविधानविपरित गएर बाटो बिराइरहेको बेलामा संविधानलाई ‘ट्रयाक’मा ल्याउन गठबन्धन बनेको उनले स्मरण गराए ।

‘यो त्यसै बनेको गठबन्धन सरकार होइन, यसको पृष्ठभूमिलाई हामीले बिर्सनु भएन,’ सिंहले भने, ‘त्यो कारणले धेरै कामहरूमध्येमा यो गठबन्धनको सरकारको सबभन्दा महत्त्वपूर्ण कार्य भनेको संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै हो ।’

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win