+
+
-- Sponsored Ad --

रेडक्रस कावासोती उपशाखालाई ब्लड भ्यान खरिदका लागी १ करोड ५ लाख सहयोग ।

462 पटक हेरिएको
Clock २०७८ माघ १४, शुक्रबार १५:०६
-- Sponsored --

नवलपुर  :  जर्मनको एउटा संस्थाले रेडक्रस कावासोती उपशाखालाई १ करोड ५ लाख नगद सहयोग गरेको छ । नेपाल हिल्फे इभी जर्मनीले रेडक्रसलाई ब्लड भ्यान खरिद (रक्त सञ्चार केन्द्रमा आवश्यक पर्ने) गर्न उक्त रकम दिएको हो ।

रक्तसञ्चार उपसमितिको संयोजकका तीर्थ कँडेलका अनुसार उक्त रकम रक्त संकलनमा खाँचो पर्ने मोवाइल भ्यान खरिदमा उपयोग गरिने छ । संस्थाले एक साताभित्र रकम रेडक्रसको खातामा जम्मा गर्ने प्रतिबद्धता सहितको पत्र पठाएको छ ।

रेडक्रस कावासोतीका अध्यक्ष बेदप्रसाद न्यौपानले रक्त संकलनमा उपयोगी मोबाइल भ्यान (गाडी) ले जिल्लाभरि नै रक्त संकलनमा सहयोग पुग्ने बताए । मोबाइल भ्यान नहुँदा हाल चितवन रेडक्रसबाट ल्याउनुपर्ने बाध्यता रहेको छ । जर्मनमा रहेको नेपाल हिल्फेले यसअघि जिल्ला अस्पतालको भवन निर्माणका लागि गत वर्षसम्म १६ करोड सहयोग गरिसकेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win