+
+
-- Sponsored Ad --

शुक्रबार राति १२ बजेदेखि हट्याे सवारीसाधनकाे जोरबिजोर प्रणाली ।

429 पटक हेरिएको
Clock २०७८ माघ १४, शुक्रबार २१:१८
-- Sponsored --

काठमाडौं : काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली शुक्रबार राति १२ बजेदेखि हटाएको छ।

जिप्रकाले आज साँझ सूचना जारी गरि सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली हटाएको हो।

काठमाडौंसँगै ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली आज मध्यरातदेखि हटाएका छन्।

तर निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ।

यसअघि आजै बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली हटाउन सिफारिश गरेको थियो।

कोरोना संक्रमणको जोखिम न्यून गर्न भन्दै गत शुक्रबार उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली व्यावहारिक नभएको भन्दै व्यापक आलोचना भएको थियो।

सिसिएमसिसीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर सार्वजनिक सवारीको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो।

सरकारले काठमाडौं उपत्यकामा चल्ने सबै सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो।

सूचनामा विद्यालयहरू पनि माघ मसान्तसम्म बन्द गर्न भनिएको छ।

विश्वविद्यालयका परीक्षा भने भौतिक दूरीलगायत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न भनिएको छ।

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win