0 प्रतिक्रिया
देवचुलीको १३ नं वडा कार्यालयमा चोरी
नवलपुर, १८ माघ : देवचुली नगरपालिका वडा नं १३ को वडा कार्यालयमा चोरी भएको छ ।
मंगलबार राती वडा कार्यालयको ताला फुटाएर १ थान फोटोकपी मेसिन, वडाका अपाङ्गता व्यक्तिलाई बाढन राखिएको न्यानो कपडा ४ सेट र वडा कार्यालय सँगै रहेको स्वास्थ्य चौकीबाट ४ वटा पानी खाने गिलास चोरी भएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान देवचुली १३ का वडाध्यक्ष क्याप्टेन डिलबहादुर खत्री वडा कार्यालय पुग्दा वडा र स्वास्थ्य चौकीको ढोकाको ताल्चा फोरिएको अवस्थामा देखेपछि प्रहरी र स्थानीयलाई खबर गरेका थिए ।
घटनाको विषयमा अनुसन्धान भईरहेको रजहर ईलाका प्रहरी कार्यालयका प्रमुख भिमसेन घिमिरेले जानकारी दिएका छन ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



