+
+
-- Sponsored Ad --

देवचुलीको १३ नं वडा कार्यालयमा चोरी

744 पटक हेरिएको
Clock २०७८ माघ १९, बुधबार १४:५७
-- Sponsored --

नवलपुर, १८ माघ :  देवचुली नगरपालिका वडा नं १३ को वडा कार्यालयमा चोरी भएको छ ।

मंगलबार राती वडा कार्यालयको ताला फुटाएर १ थान फोटोकपी मेसिन, वडाका अपाङ्गता व्यक्तिलाई बाढन राखिएको न्यानो कपडा ४ सेट र वडा कार्यालय सँगै रहेको स्वास्थ्य चौकीबाट ४ वटा पानी खाने गिलास चोरी भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान देवचुली १३ का वडाध्यक्ष क्याप्टेन डिलबहादुर खत्री वडा कार्यालय पुग्दा वडा र स्वास्थ्य चौकीको ढोकाको ताल्चा फोरिएको अवस्थामा देखेपछि प्रहरी र स्थानीयलाई खबर गरेका थिए ।

घटनाको विषयमा अनुसन्धान भईरहेको रजहर ईलाका प्रहरी कार्यालयका प्रमुख भिमसेन घिमिरेले जानकारी दिएका छन ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win