+
+
-- Sponsored Ad --

सभामुखको आह्वानमा आज सर्वदलीय बैठक

462 पटक हेरिएको
Clock २०७८ फाल्गुन २, सोमबार ०७:१३
-- Sponsored --

एन सञ्चार, फागुन २ ।।

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलमा बोलाएका हुन् ।

दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भने सहभागी हुने/नहुने टुंगो छैन । एमाले सभामुखप्रति रुष्ट छ । एमाले नेताले सभामुखको राजीनामा समेत माग्दै आएका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win