+
+
-- Sponsored Ad --

कांग्रेस नवलपुरको सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत

574 पटक हेरिएको
Clock २०७८ फाल्गुन २१, शनिबार ०९:५६
-- Sponsored --

कावासोती । नेपाली कांग्रेस नवलपुरको सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत भएका छ्न ।

शुक्रबार मनोनयन समय सकिनु केही समय अगाडि अर्का उम्मेदवार बालकृष्ण घिमिरेले उपसभापतिमा पदमा मनोनयन गर्ने गरि सहमति भए सँगै सभापति पदमा महेन्द्रध्वज जिसी सर्वसम्मत चयन भएका हुन । जिसी सर्वसम्मत भएको आधिकारिक घोषणा भने हुन बाकी छ ।

सभापतिमा सर्वसम्मत भए पनि २ जना उपसभापतिका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । जिल्ला निर्वाचन समितिका अनुसार उपसभापतिमा बालकृष्ण घिमिरे, चन्द्रबहादुर राना, धर्म बस्याल, उदय अर्याल, केशव सापकोटा, उपयराज अधिकारी, पूर्णसिंह राना, कपिलदेव भुसालको मनोनयन परेको छ ।

२ सचिवका लागि होमराज रानाभाट, महेन्द्र पोख्रेल, करुणासागर सुवेदी, मित्रलाल भट्टराईको उम्मेदवारी परेको छ । कावासोतीस्थित लुम्बिनी कलेजमा शनिबार मतदान हुने निर्वाचन समितिले जनाएको छ । जिल्लामा कूल १९ सय ७२ मतदाता रहेका छन् 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win