+
+
-- Sponsored Ad --

एनआरएनएबाट ठूलो अपेक्षा छ, एक भएर काम गर्नुस् : अर्थमन्त्री शर्मा

395 पटक हेरिएको
Clock २०७८ चैत्र ८, मंगलवार १२:४६
-- Sponsored --

८ चैत, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेपालको राजनीतिमा आएको विकृति एनआरएनएमा देखिएको बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलन  उद्घाटन समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

विधानलाई मिचेर काम नगर्न उनले सबै गैरआवासीय नेपालीलाई आग्रह गरे । टुटफुट नभई सबै एक भएर काम गर्नुपर्ने उनको भनाइ छ । ‘हामीले तपाईंहरूबाट ठूलो अपेक्षा गरेका छौं’ उनले भने, ‘तर तपाईंहरू नै एक हुनुहुन्न, तपाईंहरू एक हुनुस् विधान अनुसार काम गर्नुस् ।’

नेपाली बैंकमा निक्षेप खाता खाेल्न आग्रह

अर्थमन्त्री शर्माले देशमा संकट पर्दा एनआरएनएले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । मुलुकको विकासका लागि ग‌ैरआवासीय नेपालीहरुको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

संस्थाका संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेकाे प्रशंसा गर्दै उनले सबै एनआरएनहरुलाई एउटै मञ्चमा ल्याउन आग्रह गरे । गैरआवासीय नेपालीहरुले विदेशमा सिकेकाे सिप र पुँजी नेपाल भित्र्याउन उनले आग्रह गरे । ‘आफ्नाे जन्मभूमिलाई तपाईंहरूले माया गर्नुपर्छ, जति लगानी आउनुपर्ने आएको छैन,’ अर्थमन्त्री शर्माले भने, ‘बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा ल्याउनुपर्याे ।’

गैर आवासीय नेपालीहरुले नेपालमा बैंक खाता खाेल्न सहज बनाइएको भन्दै उनले सबैलाई खाता खाेल्न आग्रहसमेत गरे । ‘मलाई विश्वास छ तपाईंहरुले १ हजार डलर राखेर बैंक खाता खाेलेरमात्रै जानुहुनेछ,’ उनले भने ।

News Source: Onlinekhabar

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win