+
+
-- Sponsored Ad --

संविधान मिच्‍न खाेज्‍नेलाई जनताले गतिलो जवाफ दिएका छन् : प्रचण्ड

307 पटक हेरिएको
Clock २०७९ जेष्ठ १४, शनिबार १२:०६
-- Sponsored --

काठमाडौं  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मिच्‍न खोज्नेलाई स्थानीय तहको निर्वाचनले गतिलो जवाफ दिएको बताएका छन्। 

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै संविधान कार्यान्वयनमा जनताले साथ दिएको बताएका हुन्।  

प्रचण्डले भने, ‘अहिले स्थानीय तहको निर्वाचन भएको छ, संघ र प्रदेशको निर्वाचनतर्फ अगाडि बढ्दैछौँ। निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रक्रियामा संविधानलाई ट्रयाकमा राखेर गतिशील बनाउने कोशेढुंगा हो। स्थानीय निर्वाचनले बलियो सन्देश दिएको ती सबै तत्वलाई संविधानलाई मिच्न चाहने, संविधान उल्ट्याउन खोज्नेलाई जनताले राम्रो जवाफ दिएको छ।’ 

दुर्घटनामा जान लागेको संविधान र गणतन्त्रलाई ट्रयाकमा ल्याउन नेपाली समाज एकताबद्ध भएको बताए। ७० वर्ष लामो संघर्षको उपलब्धि दीर्घकालीन ढंगबाट जाने बताए। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win