0 प्रतिक्रिया
जीवन संगिनी सीतालाई प्रधानमन्त्री दाहालले दिए दागबत्ती
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा दागबत्ती दिनु भएको छ ।
प्रधानमन्त्री दाहालका साथै छोरीहरु रेणु दाहाल र गंगा दाहालले पशुपति आर्यघाटमा सीतालाई दागबत्ती दिएका हुन् । सीताको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि कोटेश्वरको पेरिस डाँडा स्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म राखिएको थियो ।
सीताको राजकीय सम्मानकासाथ अन्त्यष्टी गरिएको हो । यसअघि जेठी छोरी ज्ञानु र छोरा प्रकाश दाहाल गुमाएका प्रधानमन्त्री दाहाललाई १० वर्षको बीचमा यो तेस्रो बज्रपात परेको हो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --






