निष्क्रिय रहेका करोडौं जीमेल खाताहरू डिलिट गर्दै जिमेल, यसरी जोगाउन सकिन्छ आफ्नो खाता ,

गुगलले आगामी लामो समयदेखि निष्क्रिय रहेका करोडौं जीमेल खाताहरू डिलिट गर्दैछ । सेप्टेम्बर २० देखि गुगलले यस्ता जिमेल अकाउन्टहरु हटाउन सुरु गर्नेछ ।

गुगलको यो कदमबाट व्यक्तिगत तथा व्यावसायिक कामका लागि जीमेलमा निर्भर रहेका विश्वभरका करोडौं प्रयोगकर्ताहरू प्रभािवत हुनेछन् ।

सूचना प्रविधिको वर्तमान युगमा जीमेल दैनिक सञ्चारको एक अभिन्न हिस्सा भैसकेको परिप्रेक्ष्यमा गुगलको यो निर्णयले के अर्थ राख्छ र यसले तपाईंलाई कसरी असर पार्न सक्छ भन्ने कुरा बुझ्नु महत्वपूर्ण छ।

निष्क्रिय अकाउन्ट कि हटाउँदै छ जिमेल ?

विश्वमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको इमेल सेवा हो जीमेल । विद्यार्थीहरूले आफ्नो स्कुलको काम व्यवस्थापन गर्नेदेखि पेशागत व्यक्तिहरुले व्यवसायिक पत्राचार गर्नेसम्मका कामसमेत जिमेलबाटै हुन्छन् । यसका कारण, हरेक वर्ष जीमेलमा लाखौं नयाँ अकाउन्ट खोलिन्छन् । तर, समयसँगै धेरै खाता निष्क्रिय हुन्छन् । साथै केही जिमेल खाता मरिसकेका व्यक्तिहरूका पनि हुन्छन् ।

यस्ता प्रयोगहीन खाताहरूले गुगलको सर्भरमा धेरै स्पेस ओगट्छन् । आफ्नो भण्डारणमा अनावश्यक डेटा हटाएर गुगलले सर्भर स्पेसलाई छरितो बनाउन चाहन्छ । त्यसैले यस्तो समस्यालाई सम्बोधन गर्न उसले निष्क्रिय जीमेल खाता मेट्ने निर्णय गरेको हो ।

यस अन्तर्गत गुगलले विगत दुई वर्षदेखि प्रयोग नगरिएका खाताहरू डिलिट गर्न सुरु गर्नेछ। यो प्रक्रिया सेप्टेम्बर २० पछि सुरु हुनेछ र यसबाट विश्वभरका लाखौं खाताहरू प्रभावित हुनेछन् ।

जिमेल खाता डिलिट भयो भने के हुन्छ ?

यदि गुगलले तपाईंको खाता डिलिट गरिदियो भने, तपाईंले केवल आफ्नो जिमेल इन्बक्समा मात्र पहुँच गुमाउनुहुन्न सो अकाउन्टमा आबद्ध गुगलका अन्य सर्भिस जस्तै }  Google Drive, Google Calendar, Google Photos का साथै अरूमा भएका महत्त्वपूर्ण फाइल र डाटा पनि स्थायी रूपमा मेटिन्छन् ।

यसबाट गुगल प्रयोगकर्ताहरुले आफ्ना कागजातहरू, फोटोहरू र व्यक्तिगत डेटाहरु गुमाउने जोखिम पैदा हुन्छ ।

आफ्नो जिमेल खाता कसरी सक्रिय राख्ने ?

यदि तपाईंको जीमेल खाता निष्क्रिय छ र तपाईं त्यसलाई सक्रिय बनाएर डिलिट हुनबाट रोक्न चाहनुहुन्छ भने त्यसको लागि निकै सरल उपाय छ ।

आफ्नो गुगल अकाउन्ट मेटिनबाट रोक्नका लागि तपाईंले आजै आफ्नो गुगल अकाउन्ट लगइन गर्नुहोस् ।

जिमेल लगइन गरेर एउटा इमेल पठाउनु वा केवल एउटा मात्रै इमेल पढ्नु पनि निष्क्रिय अवधि रिसेट गर्नका लागि पर्याप्त हुन्छ, जसले दुई वर्षदेखि प्रयोग नगरेको तपाईंको गुगल खातालाई डिलिट हुनबाट जोगाउँछ।

यदि तपाईंसँग धेरैवटा जीमेल खाता छन् भने, तपाईंले बेलाबेलामा प्रत्येकमा लगइन गर्ने बानी बसाल्नुहोस् ।

डाटा ब्याकअप गर्नुहोस्

Is Your Gmail Safe? Google to Delete Inactive Accounts After Sept 20th

यदि तपाईंलाई आफ्नो पुरानो जीमेल खाता आवश्यक छैन र त्यो डिलिट होस् भन्ने चाहनुहुन्छ भनेपनि त्यो खाता हट्नुअघि त्यसमा रहेका महत्वपूर्ण डाटा ब्याकअप गर्नु राम्रो हुन्छ । किनकि यदि तपाईंको गुगल अकाउन्ट मेटियो भने त्यहाँ भएका सबै सामग्रीहरू स्थायी रूपमा नै मेटिनेछन् । यसमा इमेलहरू, Google Drive वा Photos  मा भएका कागजात र फाइलहरू पनि हट्नेछन् ।

गुगलले डाटा ब्याकअपका लागि केही विकल्पहरू प्रदान गर्छ । जसमा तपाईंले आफ्नो डिभाइसमा डाउनलोड गर्न वा अर्को कुनै क्लाउड सर्भिसमा ट्रान्सफर गर्न सक्नुहुन्छ ।

आफ्नो जिमेल र सम्बन्धित गुगल सेवाहरूका लागि स्वचालित ब्याकअप सेटअप गर्नुहोस् ताकि यदि तपाईं लामो समयसम्म लगइन गर्न बिर्सिनु भयो भने पनि महत्त्वपूर्ण डाटा नियमित रूपमा सुरक्षित रहोस् ।

जिमेल लगइन विवरण बिर्सेमा के गर्ने ?

यदि तपाईंले आफ्नो जीमेल लगइनको क्रेडेन्सियल अर्थात् युजरनेम तथा पासवर्ड लगायतका जानकारी बिर्सनुभयो भनेपनि गुगलले तपाईंको इमेल ठेगाना र पासवर्ड पुनः प्राप्त गर्नका लागि विकल्पहरू प्रदान गरेको हुन्छ।

यसका लागि जीमेल लगइन पेजमा जानुहोस् र “Forgot Email” भन्ने विकल्पमा क्लिक गर्नुहोस् । त्यसपछि आफ्नो फोन नम्बर वा रिकभरी इमेल प्रयोग गरेर इमेल ठेगाना पुनः प्राप्त गर्नका लागि निर्देशनहरू पालना गर्नुहोस् । इमेल पाइसकेपछि, “Forgot Password” भन्ने विकल्प प्रयोग गरेर पासवर्ड रिसेट गर्न सक्नुहुन्छ र आफ्नो खातामा पहुँच पुनः प्राप्त गर्न सक्नुहुन्छ।

भविष्यमा सजिलै आफ्नो गुगल खातामा पहुँच पाउनको लागि आफ्नो रिकभरी जानकारी, जस्तै फोन नम्बर र ब्याकअप इमेल ठेगानाहरू अद्यावधिक गर्न नबिर्सिनुहोस् ।

गुगलको निर्णय किन महत्त्वपूर्ण छ ?

निष्क्रिय खाता हटाउने गुगलको निर्णय सर्भर स्पेस खाली गर्ने र यसका सेवाहरूको समग्र कार्यक्षमता कायम राख्ने व्यापक प्रयासको एक हिस्सा हो । यसले अनावश्यक भण्डारण मागहरू घटाउने मात्र नभई, गुगलको पूर्वाधारमा सुधार ल्याउने सम्भावना पनि महत्वपूर्ण भूमिका खेल्दछ । त्यसैले गुगल प्रयोगकर्ताले आफ्नो गुगल अकाउन्ट डिलिट हुने मिति अगावै आफ्नो खाता र डेटालाई सुरक्षित राख्न अहिले नै कदम चाल्नु आवश्यक छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ कार्तिक २४, शनिबार १६:१०
    • 107 views
    इन्टरनेट प्रयोग गर्नुहुन्छ ? यी ५ काम अवश्य गर्नुहोस्

    स्टाटिस्टाको पछिल्लो रिपोर्ट अनुसार विश्वमा इन्टरनेट प्रयोगकर्ताको संख्या ५ अर्ब २२ करोड रहेको छ। जस अनुसार विश्वमा हरेक १०० सय जनामा करिब ६८ जनाले इन्टरनेट चलाउँछन् । यी मध्ये ५…

    विस्तृत.....

    • २०८१ कार्तिक २४, शनिबार १६:०६
    • 89 views
    गुगलमा सेभ भएका फोन नम्बर कसरी सच्याउने, कसरी हटाउने ?

    आफ्नो सम्पर्कमा रहेका सयौं व्यक्तिहरुको फोन नम्बर, इमेल लगायतका विवरणहरु राम्रोसँग व्यवस्थित तरिकाले राख्ने काम वास्तवमै एउटा कला हो । यसले हाम्रो कामलाई सहज बनाउनुका साथै खोजेको बेला सम्बन्धित व्यक्तिको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *