+
+
-- Sponsored Ad --

सुम्निमा बाटिकामा लगाउन लागिएका तारजालीअज्ञात समूहद्वारा तोडफोड

822 पटक हेरिएको
Clock २०७८ जेष्ठ २३, आईतवार १८:२८
-- Sponsored --

गैंडाकोट ,जेठ २३।गैंडाकोट नगरपालिका वडा नं १ बृटिश क्याम्प नजिक सुम्निमा विकास परिषद्ले आफ्नो संरक्षणमा रहेको सुम्निमा बाटिकामा लगाउन लागिएका तारजालीको पिल्लर अज्ञात समूहले शनिबार राती तोडफोड गरेका छन् । २०० मिटर लम्बाइमा निर्माण गर्न लागिएको उक्त तारजालीका लागि गाडिएका बीस वटा फलामका पोल काम नलाग्ने गरि भाँचिएको र करिब एक लाख बराबरको क्षती भएको संस्थाका अध्यक्ष श्यामसुन्दर पराजुली बताउनुभयो । प्रदेश सरकारको योजना अन्तरगत पाँच लाख रुपैँयामा उक्त स्थानमा तारजाली गर्न लागिएको संस्थाका अध्यक्ष श्यामसुन्दर पराजुलीले बताउनुभयो । के कारणले तोडफोड गरियो भन्ने अहिलेसम्म कसैले आँफुलाई जानकारी नआएको अध्यक्ष पराजुलीले बताउनुभयो । तोडफोड गर्ने व्यक्ति वा समूहको खोजि भइरहेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । उक्त क्षेत्र तारबार नहुँदा नारायणी नदीको बहाबमा परि बर्षेनी धेरै दुर्घटना भइरहेकाले उक्त योजना सम्पन्न भएमा दुर्घटनाबाट हुने मानविय क्षतीलाई कम गर्ने हुँदा निर्माण कार्यलाई रोक्न नहुने आदर्श टोल विकास संस्थाका अध्यक्ष लालमणि पौडेलले बताउनुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win