सुम्निमा बाटिकामा लगाउन लागिएका तारजालीअज्ञात समूहद्वारा तोडफोड

  • समाचार
  • २०७८ जेष्ठ २३, आईतवार १८:२८

गैंडाकोट ,जेठ २३।गैंडाकोट नगरपालिका वडा नं १ बृटिश क्याम्प नजिक सुम्निमा विकास परिषद्ले आफ्नो संरक्षणमा रहेको सुम्निमा बाटिकामा लगाउन लागिएका तारजालीको पिल्लर अज्ञात समूहले शनिबार राती तोडफोड गरेका छन् । २०० मिटर लम्बाइमा निर्माण गर्न लागिएको उक्त तारजालीका लागि गाडिएका बीस वटा फलामका पोल काम नलाग्ने गरि भाँचिएको र करिब एक लाख बराबरको क्षती भएको संस्थाका अध्यक्ष श्यामसुन्दर पराजुली बताउनुभयो । प्रदेश सरकारको योजना अन्तरगत पाँच लाख रुपैँयामा उक्त स्थानमा तारजाली गर्न लागिएको संस्थाका अध्यक्ष श्यामसुन्दर पराजुलीले बताउनुभयो । के कारणले तोडफोड गरियो भन्ने अहिलेसम्म कसैले आँफुलाई जानकारी नआएको अध्यक्ष पराजुलीले बताउनुभयो । तोडफोड गर्ने व्यक्ति वा समूहको खोजि भइरहेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । उक्त क्षेत्र तारबार नहुँदा नारायणी नदीको बहाबमा परि बर्षेनी धेरै दुर्घटना भइरहेकाले उक्त योजना सम्पन्न भएमा दुर्घटनाबाट हुने मानविय क्षतीलाई कम गर्ने हुँदा निर्माण कार्यलाई रोक्न नहुने आदर्श टोल विकास संस्थाका अध्यक्ष लालमणि पौडेलले बताउनुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *