गैँडाकोट ८ मा विद्युत पोलमा आगलागी

  • समाचार
  • २०७८ जेष्ठ २६, बुधबार ०८:०६

गैँडाकोट, जेठ २६ । गैँडाकोट नगरपालिका वडानम्वर ८ मा रहेको विद्युतको पोलमा आगलागी भएको छ । विजय विकास स्रोत केन्द्रको गेट पारी रहेको पोलमा एक्कासी आगलागी भएको थियो । विहान साँढे ५ बजे लागेको आगलागीका कारण केवल लगायतका मसिना तार सवै जलेको छ । आगलागीबाट घर र मानवलाई कुनै क्षती नभएको र भरतपुरबाट आएको दमकलले आगो नियन्त्रणमा लिएको थियो । नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखा प्रमुख सुजन रिजालले विद्युतको पोलमा राखिएका केवल, नेट लगायतका तारले जोखिम बढाको र आगलागी हुनुको कारण पनि सोही तार तथा वक्सहरु भएको हुन सक्ने बताउनुभयो ।
नगरपालिकाका टोल विकास संस्थाहरुले आवश्यक तार तथा वक्स मात्र विद्युतको पोलमा राख्न अन्यथा हटाउनका लागि पहल थाल्नुपर्नेमा जोड दिनुभएको छ । नत्र अन्य ठाउँमा पनि आगलागी हुन सक्ने जोखिम रहेको जानकारी दिनुभयो । आवश्यक भन्दा अनावश्यक तार र वक्स पोलहरुमा झुण्डिरहेको बताउँदै आफूहरुले धेरै हटाइसकेको बताउनुभयो । यसमा टोल विकास संस्था पनि सक्रिय भए आगलागीका घटना कमै हुने उहाँको सुझाव छ

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 28 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 23 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *