+
+
-- Sponsored Ad --

१५ औ वार्षिक उत्सबका अवसरमा गरिमा विकास बैकको रक्तदान कार्यक्रम सम्पन्न

803 पटक हेरिएको
Clock २०७८ मंसिर ७, मंगलवार २०:०३
-- Sponsored --

नवलपुर , मंसिर ७ । गरिमा विकास बैकले आयोजना गरेको  रक्तदान कार्यक्रम ५७ जनाले रक्तदान गरेका छन् । गरिमा विकास बैकले आफ्नो १५ औ वार्षिक उत्सबका अवसरमा देशका २२ स्थानमा रक्तदान कार्यक्रम गरि सकेको छ । सोहि अनुरुप आज कावासोती शाखामा भएको रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका हुन् ।

कावासोती ८ स्थित बैकको पा्रङ्गणमा सम्पन्न रक्तदान कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखा र रक्तसञ्चार कावासोतीका सभापनि वेद प्रसाद न्यौपाने रहनुभएको थियो । कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समिति कावासोतीका अध्यक्ष भिमलाल कण्डेल , कावासोती नगरपालिका ५ का वडा अध्यक्ष हरि प्रसाद बास्तोला , गरिमा विकास वैक दलदले शाखाका प्रमुख निधि प्रधान लगाएतको कार्यक्रममा उपस्थिति रहेको थियो । 

 

रेडक्रस सोसाइटी कावासोती उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रमको अध्यक्ष्यता गरिमा विकास वैक कावासोती शाखाका प्रमुख तोयनाथ अधिकारीले गर्नुभएको थियो भने सहजिकरण चुणामणी ज्ञावालीले गर्नुभएको थियो ।

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win